साढे २ महिनाको अवधीमा झण्डै साढे दुई करोड राजश्व संकलन

63
  •  
  •  
  •  


काठमाडौं । नवलपरासी (पश्चिम) प्रहरीले साढे २ महिनाको अवधीमा २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व संकलन गरेको छ ।

प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक मनोज कुमार यादव हाजिर भएपश्चात साढे दुई महिनाको अवधिमा उक्त राजश्व संकलन भएको हो ।

जिल्लाका विभिन्न स्थानबाट यस अवधिमा २ करोड १३ लाख २९ हजार ४ सय ११ मुल्य बराबरको भन्सार छली विभिन्न अवैध मालसामान (हरियो केराउ, बिभिन्न किराना सामान, हाडवरको सामान,लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा आदि) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको हो ।

त्यसैगरी यस अवधीमा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १५ वटा ट्याक्टर, २ वटा जेसीबी समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको छ । जसबाट ३ लाख ५ हजार मुल्य बराबर राजश्व संकलन भएको छ ।

साथै यसै अवधीमा प्रहरीले ३२ लाख ९० हजार श्रोत नखुलेको रकम सहित २ जना व्यक्तीलाई पक्राउ गरी कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको छ ।

त्यसैगरी यसै अवधीमा प्रहरीले २० हजार ८ सय मुल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ । यसरी यस अवधीमा अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, श्रोत नखुलेको रकम तथा अवैध काठ समेत गरी कुल जम्मा २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व संकलन भएको छ ।

त्यसैगरी यसै अवधीमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा ७ वटा लागुऔषध मुद्धा दर्ता भएका छन भने सोही अवधिमा प्रहरीले १० के.जी. चरेश, १३१ एम्पुल डाईजापाम, १३१ एम्पुल नुफिन, १३१ एम्पुल फेनारगन, २२५ ट्याब्लेट नाईट्राभेट, २६१ क्याप्सुल स्पास्मो, ८ सि.सि. कोरेक्स लगायतका लागुऔषध सहित १२ जना मानिस पक्राउ गरी लागु औषध मुद्धामा मुद्धा दर्ता गरी कानुन बमोजिम कारबाही गरिएको छ ।

यसै अवधीमा नवलपरासी (पश्चिम) प्रहरीले १० जना फरार अभियुक्त पक्राउ गरी सम्मानीत अदालतमा बुझाइएको प्रहरी उपरीक्षक एवं सूचना अधिकारी राजु लामाले बताए ।


  •  
  •  
  •