तीन कम्पनी सञ्चालक विरूद्ध मुद्दा

43
  •  
  •  
  •  

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा तीन कम्पनीका सञ्चालक विरूद्ध मुद्दा दायर गरेको छ ।

राजस्व विभागले सुर्तिजन्य पदार्थको कारोबार गर्ने तीन कम्पनीले एक करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँ राजस्व छली अभियोगमा कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

कपिलवस्तु शिवराज नगरपालिका ५ चन्दौटास्थित लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योगका प्रोप्राराईटर अब्दुल्ला मुसलमानले ७८ लाख ४८ हजार ८ सय ३१ रुपैयाँ बराबरको रकम राजस्व चुहावट गरेको विभागको दावी छ ।

साथै सोही स्थानका एनएस ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर दुजमान थापाले ५ लाख ४५ हजार रुपैयाँ राजस्व चुहावट गरेको कसुरमा अदालतमा मुद्दा दर्ता भएको छ ।

विभागले यी दुबै सञ्चालकको विगो रकम एक करोड ३२ लाख ५४ हजार ५ सय ३६ रुपैयाँ कायम गरी अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै विभागले मायाँदेवी गाउँपालिका ८ का अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोप्राराइटर ३७ वर्षीय सकिल अहमद फकिरले ५१ लाख ८६ हजार सात सय ४४ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

फकिरले १२६७.२ केजी अर्धतयारी सुर्तिवजन्य वस्तु भन्सार चोरी पैठारी गरी उक्त सुर्तिबाट व्राण्ड विनाको सुर्ति तयार गरेको विभागको भनाइ छ ।

तीन जनाविरुद्ध विभागले एक करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँको विगो रकम कायम गरी दोब्बर रकम र ३ वर्ष कैद सजाय सुनाउन माग गरेको छ ।


  •  
  •  
  •