टिकटका लागि राजपामा हानथाप, नेतृत्व विरुद्ध नाराबाजी

184
  •  
  •  
  •  

Rajapa-Party-Office
पर्सा, १५ भदौ (ओएनएस) : स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा टिकटका लागि हानथाप सुरु भएको छ ।

मधेश केन्द्रीत ६ पार्टी मिलेर बनेको राजपामा चुनावका लागि कसलाई टिकट दिने भन्ने विवाद सुरु भएको छ ।
अन्य दलहरुले टिकट दिन सुरु गरिसक्दा राजपा भने विवादमै छ । पार्टी भित्र टिकट वितरणको विषयलाई लिएर एक अर्का विरुद्ध नाराबाजी नै सुरु भएको छ ।

जसका कारण राजपाले अहिलेसम्म वीरगञ्ज महानगरपालिकामा समेत उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
अहिले पार्टीमा बिरगञ्जको मेयरकै लागि बढी विवाद उत्पन्न भएको छ । वीरगञ्जमा मेयरका लागि करिब एक दर्जन आकांक्षी देखिएका छन् ।

मेयरका आकांक्षी विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंह पक्षधरले शक्ति नै प्रदर्शन गरिरहेका छन् । दुबै पक्षका कार्यकर्ताबीच गएकाे शुक्रबार झडपसमेत भएको थियाे ।

पार्टीमा पहिलेदेखि नै सक्रिय रहेका व्यक्तिहरुलाई टिकट दिनुपर्ने आवाज पार्टी भित्र उठेको छ । तर, राजपाले विन्दवासिनी र पाकाहामैनपुर गाउँपालिकामा अवप्रवेशीलाई टिकट दिन लागेकोमा विरोध गरेका छन् ।


  •  
  •  
  •