निर्वाचनमा सहभागी हुन राजपा तयार, संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सहमती

232
  •  
  •  
  •  

rajapa
काठमाडौं, २७ साउन (ओउनएस) : तेस्रो चरणको निर्वाचनमा सहभागी नहुने जनाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अन्ततः निर्वाचनमा सहभागी हुने जनाएको छ ।

आज विहानै बालुवाटारमा सत्तारुढ दल नेपाली कांगे्रस, नेकपा माओबादी केन्द्र र राजपाबीचको बैठकमा संविधान संशोधन संसदमा निर्णयार्थ पेश गर्ने सहमती भएपछि राजपा निर्वाचनमा जान तयार भएको हो ।

संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन । तर, संशोधन विधेयक पास नहुन सकेपनि परीणामलाई स्वीकार गर्दै राजपाले चुनावमा जाने सहमति नाएको छ । यसअघि राजपाले विधेयक पास नभएमा निर्वाचनमा नजाने बताउँदै आएको थियो ।

सर्बोच्च अदालतले विहीबार तराईमा स्थानीय तहको संख्या बढाउन बाटो खुला गरेकाे फैसलाले लचिलो बनेका राजपाका नेताहरु विहीबार राति भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंग भेटघाट गरेपछि थप लचिलो बनेका बताइएकाे छ।

 


  •  
  •  
  •