राजपाले पार्टी पंक्तिमा जारी गर्‍याे सर्कुलर

399
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) : राष्ट्रिय जनता पार्टी राजपाले वैशाख ४, ५ र ७ गतेका लागि पार्टी पंक्तिमा सर्कुलर जारी गरेको छ ।


बिहीबार अध्यक्ष मण्डलका सयोजक शरतसिंह भण्डारीद्वारा जारी सर्कुलरमा ४ गते जिल्ला विस्तारित बैठक आयोजना गरिने उल्लेख छ ।

सर्कुलरमा भनिएको छ, ‘यस बैठकले सम्बन्धित जिल्लामा विद्यमान समस्याहरुको समाधान गर्न पहल गर्ने र त्यहाँबाट समाधान हुन नसकेका विषयलाई पर्यवेक्षक मार्फत केन्द्रमा पठाउन निर्देशन गरिन्छ ।’
त्यस्तै, वैशाख ५ मा वृहद अन्तक्र्रिया गर्ने उल्लेख गरको छ । बैशाख ७ गते पार्टीको स्थापना दिवस मनाउनका लागि ४ गतेकै विस्तारित बैठकमा छलफल गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्न भनिएको छ ।


  •  
  •  
  •