राजपाको संयोजकमा भण्डारी

535
  •  
  •  
  •  

काठमाडौं, ६ चैत(ओएनएस) : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह भण्डारीलाई चुनिएको छ ।

प्रत्येक २ महिनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक चुनिएका हुन् ।  यसअघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्र राय यादव थिए । यसपछि अध्यक्षमण्डलका अन्य सदस्यहरु अनिल झा र राजकिशोर यादव क्रमशः संयोजक बन्नेछन् ।

यसअघि पार्टी गठन भएपछि लामो समय महन्थ ठाकुर संयोजक रहेका थिए भने उनीपश्चात राजेन्द्र महतो सो जिम्मेवारीमा रहेका थिए ।


  •  
  •  
  •