राजपाद्वारा संसद बैठक अवरोध

335
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपालले सोमबारको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।
गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।

बैठक शुरु हुनसाथ राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सो आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
सरकारले सभामुखको रुलिङसमेत नमानेको उनको भनाइ थियो ।  तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उनले उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने बताए ।

उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती र्गयो भन्ने विषय सार्वजनिक हुने बताए । सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको झाले आरोप लगाएका छन् ।
राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको चौथो पटक हो ।
राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।


  •  
  •  
  •