राजपाले संसद अबरुद्ध गर्ने

401
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसद अबरुद्ध गर्ने भएको छ।

अध्यक्ष मण्डलका शीर्ष नेताहरुको बैठकले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरको भन्दै संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो। आजको संसद् बैठक मध्यान्ह १२ बजे बस्दै छ।

राजधानीमा बसेको राजपा शीर्ष नेताहरुको बैठकले मधेस आन्दोलन र थारु आन्दोलनबारे छानविन गर्न सर्वोच्चका पूर्वा न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा बनाइएको समितिको प्रतिवेदन सार्वजनिक गर्न गरेको आग्रहलाई नमानेकाले बाध्य भएर संसद अवरुद्ध गर्न लागिएको नेताहरुले बताएका छन्।

गिरिशचन्द्र लाल नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको अझै सार्वजनिक भएको छैन। यस्तै राजपाका सांसद रेशम चौधरीलाई अदालतले दोषी ठहर गरेपछि राजपा सरकारसँग झनै रुष्ट बनेको छ।


  •  
  •  
  •