राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो (विज्ञप्तिसहित)

272
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि राजपा नेपालले समर्थन फिर्ता लिएको हो ।

केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए । संसदमा राजपा नेपालका १७ जना सांसद छन् ।

थरुहट आन्दोलनका क्रममा एक नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी भएको कैलालीको टिकापुर काण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसाला सुनाएपछि राजपाको केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले अदालतको फैसलाले राजपा नेपाललाई स्तब्ध र मर्माहत तुल्याएको जनाइएको छ ।

राजपाले वर्तमान सरकारले बेरोजगारी समस्या समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेको, असिना एवम् बाढीवीडितलाई राहत नदिएको, निर्मला पन्तको बलात्कार घटनालगायतमा संलऊन अपराधीलाई कारबाही नगरेको, शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्न नसकेको आरोप लगाएको छ ।

यस्तो छ विज्ञप्ति


  •  
  •  
  •