राजपा फेरि सामूहिक नेतृत्वमै

338
  •  
  •  
  •  

काठमाडौं, १७ असाेज :  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) मा पुनः सामूहिक नेतृत्व हुने भएको छ। राजपा नेपालले विधानमा अध्यक्षमण्डल कायम रहने व्यवस्था पारित गरेको खबर राजधानी दैनिकले छापेकाे छ।

राजपा नेपालका केन्द्रीय सदस्यहरूले अध्यक्षमण्डल विघटन गर्नुपर्ने माग गरे पनि सो पार्टीले सामूहिक नेतृत्वलाई नै जोड दिएको हो ।

पार्टीमा एकले अर्काको नेतृत्व स्वीकार गर्न नसकेपछि अध्यक्षमण्डलको बैठकले सामूहिक नेतृत्वमै अगाडि बढ्ने निष्कर्ष निकालेको हो । तर, पार्टीको यसअघि भएको केन्द्रीय एवं जिल्ला भेलामा नेताहरूले अध्यक्षमण्डल खारेज गर्न माग गरेका थिए । अध्यक्षमण्डलको व्यवस्थाले पार्टीको काम ठीक तरिकाले हुन नसकेको निष्कर्ष केन्द्रीय सदस्य एवं जिल्ला नेतृत्वले निकालेका थिए ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले पार्टी अध्यक्षमण्डलकै व्यवस्थामा अगाडि बढ्ने बताए।


  •  
  •  
  •