रजनीकान्त भन्छन्, ‘मलाई राजनीतिमा प्रवेश गर्न अनुरोध गर्दै कुनै कार्यक्रम नगर्नुस्’

68
  •  
  •  
  •  


काठमाडौं । अभिनेता रजनीकान्तले आफू राजनीतिमा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । आफू राजनीतिमा प्रवेश नगर्ने र यसबारेमा पूनर्विचार गर्न कुनै कार्यक्रमको आयोजना नगर्न पनि उनले बताएक छन् । सोमबार एक स्टेटमेन्ट जारी गर्दै उनले आफ्ना प्रशंसकलाई सो आग्रह गरेका हुन् । आइतबार उनका समर्थकहरुले आफ्नो फैसला बदलेर राजनीतिमा आउन अनुरोध गर्दै वेल्लुवर कोट्टममा प्रदर्शन गरेका थिए ।

उनले भनेका छन्, ‘मैले आफ्नो निर्णय र त्यसको कारण भनिसकेको छु । मलाई राजनीतिमा प्रवेश गर्न अनुरोध गर्दै कुनै कार्यक्रम नगर्न अपिल गर्दछु ।’ उनले तमिलनाडुको विधान सभामा चुनाव लड्ने गरी जनवरी २०२१ मा राजनीतिक पार्टी घोषणा गर्ने बताएका थिए । यसका लागि उनले सम्पूर्ण तयारी गरेका थिए । तर, स्वास्थ्य विग्रिएपछि उनी आफ्नो निर्णयबाट पछि हटे ।

हैदराबादमा एक फिल्मको छायांकनको क्रममा स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यसपछि उनले २९ डिसेम्बरमा कोरोना महामारी र आफ्नो स्वास्थ्य स्थितिका कारण राजनीतिमा प्रवेश नगर्ने जानकारी दिएका थिए । रजनीकान्तले २०१६ मा पत्थरीको शल्यक्रिया गरेका थिए र उनले रोग प्रतिरोधी क्षमता बढाउने औषधीको सेवन गर्ने गरेका छन् ।


  •  
  •  
  •