एक तह, एक खेल मैदान निर्माणमा तीव्रता : मन्त्री केसी

179
  •  
  •  
  •  

rajan kc-2

पर्वत, २३ साउन (ओएनएस) : युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानीय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तीव्रता दिएको बताएका छन् ।

नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा आज(सोमबार) आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले खेल मैदानको अभावमा पछिल्लो समय युवा खेल क्षेत्रबाट पलायन हुने क्रम बढेको बताए । 

उनले प्रत्येक नगरपालिका र गाउँपालिकाले समेत युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम बनाउन आफूले आग्रह गरेको बताउँदै यसबाट तल्लो तहमा रहेका खेलाडी र युवा लाभान्वित हुने बताए ।

मन्त्री केसीले पर्वत जिल्लाका सबै तहमा एक÷एकवटा खेल मैदान विस्तारका लागि स्थानीय तहसँग सहकार्य गरेर आफूले बजेट विनियोजन गरिदिने आश्वासन समेत दिए । 

मन्त्री केसीले आगामी माघ ७ गतेभित्र दुईवटा चुनाव सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताउँदै ती निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो दल बनाउन सबै कार्यकर्ता सक्रिय भएर लाग्न आग्रहसमेत गरे ।

 


  •  
  •  
  •