वाम एकताका लागि जनमोर्चा सकारात्मक

166
  •  
  •  
  •  

काठमाडौँ, २७ मंसिर (ओएनएस) : राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रसँग तालमेल गरेको उक्त पार्टीले निर्वाचनको परिणाम उत्साहजनक रहेको निष्कर्ष निकाल्दै मतदाता र कार्यकर्ताको अपेक्षा बलियो कम्युनिष्ट पार्टी निर्माण रहेको जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुगेर मजबुत धरातल निर्माण गरी पार्टी एकतामा जान सुझाव दिएका छन् । केसीले विज्ञप्ति जारी गरी प्रतिक्रियावादी र विस्तारवादी शक्तिका विरुद्ध एकीकृत हुँदै राष्ट्रियताको रक्षा, संविधानको कार्यान्वयन र जनतन्त्रको लक्ष्य प्राप्तिमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।


  •  
  •  
  •