कर वृद्धिको विरोधमा सात राजनीतिक दलको रिले अनशन

85
  •  
  •  
  •  

काठमाडौं,२७ साउन (ओएनएस) : नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतबारदेखि रिले अनशन शुरु गर्दै आन्दोलनको सुरुवात गरेका छन्।

कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशनसहितको आन्दोलन थालेको बताए

घिमिरेकाअनुसार रिले अनसनमा नेपाली कांग्रेस सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक पार्टी रहेका छन् ।

नगरपालिकामा जनप्रतिनिधिहरू आएपछि जनपक्षीय काम हुन नसकेको आरोप लगाउँदै १० देखि १४ गुनासम्म कर वृद्धि गरेर जनतालाई मारमा पारेको आरोप आन्दोलनरत दलहरूले जनाएका छन्। कर वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ। ‘


  •  
  •  
  •