मनसुन सक्रिय तर झरी थामिँदै , यस्तो छ तीन दिनको मौसम

88
  •  
  •  
  •  

काठमाडौँ– गत बिहीबारदेखिको झरी थामिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चार दिदेखिको झरी केही कम हुँदै गएपनि मनसुन भने सक्रिय नै रहेको छ।

मध्य र पूर्वी नेपालको तराई भूभाग तथा पश्चिमी नेपालको पहाडी भूभाग नजिकको मध्य र पूर्वको न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेकाले वर्षा घट्दो क्रममा रहेको जनाइएको छ। विभागका मौसमविद् मिनकुमार अर्यालका अनुसार उक्त प्रणालीका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुँदै जाने  छ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने र मुलुकको पूर्व र मध्यक्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको विष्लेषण छ।

आगामी तीन दिनको मौसम पूर्वानूमानः

असार २९ गते (आईतबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

रातिः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

असार ३० गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
रातीः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार ३१ गते (मंगलबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू–भागको एक – दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। । जसका कारण पूर्व र मध्य क्षेत्रका पहाडि भू–भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानीको बहाव रहिरहनेछ । अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।


  •  
  •  
  •