पानी पर्ने क्रम मंगलबारसम्म रहने

444
  •  
  •  
  •  

waterकाठमाडौं २८ मंसिर (ओएनएस) :  देशभर पानी परेपछि आजदेखि झन चिसो बढ्ने भएको छ । हिउँदको पहिलो वर्षा र हिमपातसँगै देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ । पाहाडी उच्च भेगमा हिमपात भएको छ भने देशभरी पानी परेको छ । न्यूनचापीय जलवाष्पयुक्त वायु इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर भारत हुँदै हिजो नेपाल भित्रिएको छ । गएराती देखि देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

मध्य र सुदूरपश्चिमका जिल्लामा हिजो नै पानी परेको थियो । देशभरीका हवाई उडान प्रभावित भएका छन् । आजको सबैभन्दा कम तापक्रम काठमाडौ.मा ५ डिग्री र अधिकतम १७ रहने पूर्वाअनुमान गरिएको छ । जुम्लामो जिरीम लगायतका हिमाली जिल्लामा तापक्रम माइनसमा झरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढ्छ भने न्यूनतम बढेर अधिकतम घट्दा वर्षा हुन्छ । पर्सीसम्म पानी पर्ने र त्यसपछि चिसो झन बढ्ने उनले बताए । आज र भोलि पनि मध्य, पश्चिम नेपालका अधिकांश र पूर्वी नेपालका केही स्थानमा बदलीसँगै वर्षा हुने महाशाखाले जनाएको छ।


  •  
  •  
  •