वर्षाले राजधानीबासी हैरान, कता हिड्ने, कता जाने बाटै छैन्, हेर्नुस् तस्विरमा

152
  •  
  •  
  •  

काठमाडौ, १२ असार(ओएनएस) : शुक्रबारदेखि पूर्ण सक्रिय भएको मनसुन अझै केही दिन रहने भएको छ । शुक्रबार एकदिन पानी पर्दा नै राजधानीका सडक सडक नभई खोला या ताल बनिसकेका छन् । मौसम पूर्वानुमान महाशाखाको कुरालाई मान्ने हो भने पूर्व र मध्य क्षेत्रमा आज भारी वर्षा हुनेछ । यसपछि त झन् राजधानीको सडक कस्ता होलान् भन्ने कल्पना समेत गर्न सकिँदैन ।

उचित ढलको निकास नहुँदा राजधानीका प्राय सडकहरू जलमग्न छन् । राजधानीबासीले ती सडकमा हिड्नका लागि निकै सास्ती बेहोर्नु परेको छ । न हिड्ने बाटो छ न त कुनै अर्को विकल्प । कतैबाट गाडी आएर पुरै भिजाइदेला भन्ने डर त कतै पर्खालका डन्डीमा समातेर हिड्दा हात चिप्लियर सडकमा जम्मा भएको तालमा पौडी खेल्न पुगिन्छ छ भन्ने डर मान्दै बाटोमा हिड्नु पर्ने ।

यस्तै, कतै भने ढल निर्माण, खानेपानीको पाइप बिछ्याउने कामका लागि भन्दै खनिएका सडकहरूको यतिसम्म बिजोग भएको छ की त्यहाँ बाटो बन्द छ भनेर खेत रोप्न समेत सकिन्छ । यी बाटाहरू देख्दा यस्तो लाग्छ, गत वर्षहरूमा जस्तै यस वर्ष पनि कसैले सडकमा नै खेत रोप्ने कार्यक्रमको आयोजना नै गर्छन् ।

मनसुनको समय नै नेपाल सरकारको बजेट सक्ने समय भएका कारण पनि जनताले थप दुःख पाएका छन् । बजेट आएको ९-१० महिनासम्म केही नगरी बस्ने र बाँकी रहेको २-३ महिनामा बजेट फ्रिज हुन नदिन जथाभावी गरिने कार्यले राजधानीबासी थप मारमा परेका छन् । घरबाट अफिस निस्किएर हिड्दा पनि कतै पानी छ्यापिएर अफिस नै नपुगी घर फर्कनु पर्ने त होइन भन्ने डर लिँदै अफिस जानुपर्ने अवस्थामा राजधानीबासीको छ ।

यस्तै, संकटग्रस्त कही राजधानीबासी र केही सडकहरूको अवस्था हेरौ तस्विरमा…

rainfall at ktm rainfall at ktm1 rainfall at ktm2 rainfall at ktm3rainfall at ktm5 rainfall at ktm4 rainfall at ktm7 rainfall at ktm6


  •  
  •  
  •