काठमाडौं, ३० साउन (ओएनएस) : तीन दिन देखीको अबिरल बर्षाका कारण मध्यपश्चिमका जिल्ला बढी प्रभावित देखिएका छन् । सुर्खेत, दाङ, बाके र बर्दिया जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् ।
जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार बितेको २४ घण्टामा अहिले सम्मकै सर्बाधिक धेरै पानी परेको छ । कर्णाली चिसापानीमा सर्बाधिक ४ सय ९३ मिलिमिटर पानी परेको मौसम पूर्बानुमान शाखाले जनाएको छ ।
सुर्खेतमा ४ सय २३ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान शाखाको रेकर्ड छ ।
न्यूनचापिय रेखा तराईको भू–भागमा अबस्थित रहेका कारण मनसुन सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार आज बिहान मापन गरिएको बर्षाको बिवरण यस प्रकार छः
केन्द्र वर्षा मी.मी.
धनगढी १०५
सुर्खेत ४२३.१
नेपालगन्ज १८४.४
दाङ्ग घोराही २९८.४
राजापुर वर्दिया २३३
वेलझुन्डि दाङ ३४६
ववई चेपाङ्ग ३२६
दाङ तुल्सिपुर २९९
कर्णाली चिसापानी ४९३.८