आज बर्षा र हिमपात हुने ! चिसो बढ्यो

219
  •  
  •  
  •  

काठमाडौं ६ माघ (ओएनएस) काठमाडौं उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ । गएराती हिउँदै पहिलो बर्षा भएपछि चिसो बढेको हो । आज दिउँसो मौसम बदली भई पानी पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलावसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रमा चर्को हिमपात हुने विभागले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा बुधबार पनि मौसम बदली हुनेछ । मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, सुदूरुपश्चिमका पाहाडी जिल्लाको उच्च क्षेत्रमा हिमपात भएको छ । विभागका अनुसार मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउनेछ ।


  •  
  •  
  •