प्रि-मनसुन सक्रिय, विभिन्न भागमा वर्षा

126
  •  
  •  
  •  

काठमाडौं २६ बैशाख (ओएनएस) :
भारतको उत्तर प्रदेशमा विकसित भएको न्युनचापीय प्रणालीका कारण पश्चिम, मध्य पश्चिम र सूदूरपश्चिमका विभिन्न भागमा वर्षा भएको छ ।

पश्चिमतिर धेरै भागमा धेरथोर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् उपसचिव राजु प्रधानांगले यसलाई प्रि-मनसुन सक्रिय भएको भन्न मिल्ने बताए । चैत र वैशाख प्रि-मनसुनको समय भए पनि लामो समयदेखि वर्षा भएको थिएन ।

भारतको सिक्किम, उत्तर बंगलादेशलगायतका स्थानमा देखा परेको न्यूनचापीय प्रणालीका कारण शनिवार विहान नेपालको पूर्वी भागमा वर्षा भएको छ ।


  •  
  •  
  •