शनिबार रातीसम्म अझै बर्षा

232
  •  
  •  
  •  

काठमाडौं ३० साउन (ओएनएस) : गत मंगलबारदेखि सुरु भएको बर्षा शनिबार राती मात्रै रोकिनेछ । आज र भोलि कुनै बेला ठूलो र धेरै समय मसिनो बर्षा भइरहेनेछ । न्यूनचापीय वायुको रेखा उत्तरतर्फ रहेका कारण मुलुकभर तीन दिनदेखि अविरल वर्षा भइरहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् बरुण पनेरुले न्यूनचापीय क्षेत्रको रेखा उत्तरतर्फ रहेकाले नेपालमा मौसम खराब भएको र देशभर बर्षा भएको बताए ।


  •  
  •  
  •