काठमाडौंसहित मुलुकका अधिकांश क्षेत्रमा वर्षा

71
  •  
  •  
  •  

काठमाडौं, ९ माघ (ओएनएस) : काठमाडौं उपत्यकासहित मुलुकका अधिकाशं क्षेत्रमा वर्षा भएको छ।
मंगलबार रातिदेखि नै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाडौंमा पाँच दशमलव पाँच मिलिमिटर वर्षा भएको हो। काठमाडौं उपत्यकामा बिहान तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएकोमा अलिहे १ डिग्री घटेर ८ डिग्री सेल्सियस रहेको छ । उनका अनुसार मध्य र पश्चिम नेपालमा पानी परेको छ ।

काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चलिरहने मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भइ पानी परेको हो ।

 

यस्ताे छ तीन दिनकाे माैसमकाे पूर्वानुमान

माघ ०९ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

माघ १० गते (बिहीबार)

दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ |

रातिः देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ११ गते (शुक्रबार)

दिउँसो: देशभर पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।


  •  
  •  
  •