सगरमाथाको पिँधमा सुरूङ्ग खनेर रेल सेवा !

254
  •  
  •  
  •  

काठमाडौ, २७ चैत(ओएनएस) : दुई बिन्दुको सबैभन्दा छोटो दुरी सिधा रेखा हुन्छ । सायद यही तथ्यलाई आधार बनाएर चीनले विश्वको सर्वोच्च शीखर सगरमाथालाई छेडेर सुरूङ बनाउने सोच बनाईरहेको छ ।

चाइना डेलीको एक प्रतिवेदनका अनुसार चीनले सगरमाथामा सुरूङ्ग बनाएर नेपासँग रेल सेवा जोड्ने योजना बनाईरहेको छ । चीनलाई यस्ता अनौठा काम गर्नु कुनै ठुलो काम होइन्, यसभन्दा पहिले पनि चीनले विश्वको सबैभन्दा लामो पुल निर्माण गरिसकेको छ भने विश्वको तेस्रो सुरूङ समेत निर्माण गरिसकेको छ ।

यसअघि पनि युरोपको सबैभन्दा ठूलो हिमालको मुनीबाट सुरूङ्ग खनिसकिएको छ । मोन्ट ब्लान्क नामको उक्त सुरूङले बेलायत र अन्य  युरोपका देशहरू जोडेको छ भने युरोप र एसियाबीचमा बनेको सुरूङले जापानलाई छोएको छ । तरपनि सगरमाथाको मुनीबाट सुरूङ्ग खनेर रेल मार्गको निर्माण गर्ने कार्यलाई निकै चुनौतीपूर्ण भनिएको छ ।

यो रेल सेवाको बिस्तारले नेपाल र चीनमात्र नभई भारतलाई समेत निकै फाइदा हुने बताइएको छ । रेल सेवामार्फत चीन र भारतबीच सहजै पर्यटकलाई आकर्षित गरेर निकै मुनाफा कमाउन सकिने बताइएको छ ।

चाइना डेलीले प्रकाशित गरेको प्रतिवेदन अनुसार यदी प्रस्तावित योजना वास्तविकतामा परिणत भए द्वीपक्षिय व्यापार निकै राम्रो हुनेछ । चाइनिज एकेडेमी अफ इन्जिनियरिङ्का एरियल विज्ञ वाङ मेइसुईले भने, ‘विषेशगरी खाद्य सामग्री र पर्यटनमा धेरै उपलब्धी हासिल गर्न सकिनेछ । साथै, जनताबीचको सम्बन्ध पनि कायम हुन सहज हुनेछ ।’

चाइना डेलीका अनुसार रेल निर्माणका लागि चीनले आफ्नो अध्ययन थालिसकेको छ । चीनले नेपालको सीमासम्ममा ५ वर्षभित्र रेल पुर्याउने घोषणा गरिसकेको छ । यसका लागि ५ सय ४० किलोमिटरको रेल्वे ट्र्याकको निर्माण गर्नुपर्नेछ ।

यस रेल सेवालाई चीनले यसकारण पनि प्राथमिकतामा राखेको छ की रेल सेवाको माध्यमबाट चीनले भारतसँग सोझो व्यापार गर्न सक्नेछ । चीनलाई भारतमात्र नभई अन्य दक्षिण एसियाली मुलुकका साथमा पनि राम्रो सम्बन्ध बिस्तार गर्न रेल सेवाले निकै फाइदा पुर्याउने छ ।


  •  
  •  
  •