विद्युतीय रेलमार्गमा दोस्रो दिनमै ब्रेक

283
  •  
  •  
  •  

सर्लाही ३ असार (ओएनएस) : मेची–महाकाली विद्युतीय रेलमार्गको शिलान्यास भएको एकदिनपछि काम रोकिएको छ । जग्गाको उचित मुआब्जा पाउनुपर्ने मागसहित सर्लाहीको रानीगन्जवासीले अवरोध पु¥याउँदा रेलमार्गको निर्माण काम दोस्रो दिनमा रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आइतबार रेलमार्गको सिमरा–बर्दिवासखण्डको शिलान्यास गरेका थिए । जग्गाको उचित मुआब्जाको माग गर्दै रानीगन्ज गाउँ विकास समिति वडा नं ८ का बासिन्दाले रेलमार्गको कल्भर्ट निर्माण कार्यमा अवरोध पु¥याएका हुन् । यसअघि रेल विभागले मुआब्जाको विषयमा कुनै अवरोध नहुने दावी गरेको थियो ।


  •  
  •  
  •