मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

43
  •  
  •  
  •  

 
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा माओवादी केन्द्रका संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले प्रस्ताव फिर्ता लिएका हुन्।
प्रस्तावक इन्द्रबहादुर आङ्वोले भिन्न राजनितिक अवस्थामा राखिएको अविश्वासको प्रस्तावको औचित्य सकिएकाले फिर्ता लिएको बताए। अविश्वासको प्रस्तावका प्रस्तावक आङ्वोले प्रस्ताव फिर्ता लिएपछि सभामुख प्रदिपकुमार भण्डारीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्ने ३७ जना सांसदले नै विभिन्न समयमा अविश्वासको प्रस्तावबाट हस्ताक्षरसहित प्रस्ताव फिर्ता लिएको प्रदेशसभामा निवेदन दिइसकेकाले अविश्वासको प्रस्ताव अघि नबढ्ने जानकारी दिए।

साविक नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरि मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरी मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सर्वोच्चको आदेशबाट दुईवटा दल मिलेर बनेको सत्तारुढ नेकपालाई साविककै एमाले र माओवादी केन्द्रका रुपमा रहने आदेश दिएपछि प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव संकटमा परेको थियो।


  •  
  •  
  •