पूर्वसभासद् राईले दिइन् राष्ट्रपतिमा उम्मेदवारी

539
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य एवं पूर्वसभासद् कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन्।

उम्मेदवारी दर्ताका लागि उनी समर्थकसहित नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेकी थिइन्।

उम्मदवारी दिनुअघि राईले अाेएनएस न्युजसँग कुरागर्दै भनिन्,’ याे मेराे लागि खुसीको क्षण हाे’

रार्इलाई राष्ट्रपतिको उम्मेदवारमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डेले प्रस्ताव गरेका थिए।

त्यस्तै, सुजता परियाार, शिवचन्द्र चौधरी, सरिता प्रसार्इं, राधा घले, मेखलाल श्रेष्ठले समर्थन गरेका थिए।

उनीसँग वाम गठबन्धनका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिस्पर्धा गर्दैछिन्। राष्ट्रपतिको निर्वाचन फागुन २९ मा हुँदैछ।


  •  
  •  
  •