राज्यलक्ष्मी चीनमा अलपत्र

163
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक ।
नेकपा एमालेकी विवादास्पद सभासद राजलक्ष्मी गोल्छा चीनमा अलपत्र परेकी छन् । चीनको पूर्वी क्षेत्रको च्यांसु प्रान्तको सदरमुकाम नान्चिङमा गत बिहीबार पुगेकी गोल्छाको विमानस्थलबाटै राहदानी हराएपछि उनी समस्यामा परेकी हुन् । कुटनीतिक राहदानीको सट्टा सामान्य राहदानी बोकेर निजी कामको सिलसिलामा उनी च्यांसुको नान्चिङ पुगेकी थिइन् । पृथ्वी पाण्डेको साथमा चीन आएकी गोल्छाको आगामी आइतबार नेपाल र्फकने टिकट रहेको च्यांसु प्रान्तमा चिकित्साशास्त्र अध्ययन गरिरहेका एकजना नेपाली विद्यार्थीले बताए । तर विमानस्थलबाटै राहदानी हराएपछि गोल्छा निकै तनावमा परेकी छन् ।

उनले शुक्रबार बेइजिङस्थित नेपाली दूताबासमा ट्राभल्स डकुमेन्टका लागि इमेल मार्फत आवेदन गरेको ती विद्यार्थीले बताए । राहदानी हराएपछि गोल्छाको चीन भ्रमणको कार्यतालिका पनि प्रभावित बनेको छ । उनी आइतबार नेपाल र्फकने योजनामा थिइन् । तर शनिबार र आइतबार चीनमा सार्वजनिक बिदा पर्ने भएकाले ट्राभल्स डकुमेन्टमा भिसा हान्नका लागि उनले सोमबारसम्म कुर्नु पर्ने वाध्यता आइपरेको छ ।
शुक्रबार दिनभर उनी आफ्नो कार्यतालिकाको काम छोडेर राहदानी हराएको प्रहरी प्रतिवेदनका लागि दौडधुपमा लागेकी थिइन् । गोल्छाले च्यांसु प्रान्तको नान्चिङ एयरपोर्टबाट निस्कने क्रममा भूलबस आफ्नो राहदानी कतै छोडेको अथवा खसेको हुनसक्ने ती विद्यार्थीले कान्तिपुरलाई बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •