राहत र उद्धार प्रभावकारी बनाउन राष्ट्रपतिको आग्रह

76
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले अविरल वर्षाका कारण उत्पन्न भएको बाढी, पहिरो तथा डुबानबाट पीडितहरुको रातह र उद्धारलाई प्रभावकारी बनाउन आग्रह गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भएको जनधनको क्षति प्रति राष्ट्रपति दुःखी भएको उल्लेख गर्दै राहत र उद्धार प्रभावकारी हुने विश्वास व्यक्त गरेकी हुन् ।

‘पीडितहरुको उद्दार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत विचरण र बेपत्ता भएकाहरुको खोजीकार्यमा राज्यका संयन्त्रहरु परिचाललित गराउने सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै भण्डारीले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघ संस्था समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारी भविष्यमा आइपर्ने यस्ता प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन पनि अपिल गरेकी छिन् ।
यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र उद्धारको काम प्रभावकारी बनाउन आग्रह गरेकी छन् ।


  •  
  •  
  •