राहदानी विभाग ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने

52
  •  
  •  
  •  

काठमाडौं, फागुन(ओएनएस) : राहदानी विभागले शुक्रबारदेखि कार्यालय समय परिवर्तन गर्ने भएको छ ।
शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने जनाइएको छ ।

सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ ।

पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो ।

समय परिवर्तनसँगै सेवाग्राहीलाई थप सहज हुने भएको छ ।


  •  
  •  
  •