राष्ट्रिय नदी एवम् कालीगण्डकी रिभर र्याफ्टिङ महोत्सव’ हुँदै

151
  •  
  •  
  •  

 काठमाडौ, १४ कात्तिक (ओएनएस) : ‘चौथो राष्ट्रिय नदी महोत्सव एवम् कालीगण्डकी रिभर र्याफ्टिङ महोत्सव’ आयोजना हुने भएको छ । कालिगण्डगी नदी सभ्यताको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ ।

महोत्सव कात्तिक २४ गतेदेखि ३ दिनसम्म सञ्चालन हुने भएको हो । महोत्सवको पहिलो दिन स्याङ्जा र पाल्पा जिल्लाको सङ्गम स्थान राम्दीबाट ¥याफ्टिङ सञ्चालन हुनेछ । सो स्थानबाट ३० ओटा डुङ्गा सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको दोस्रो दिन स्याङ्जाको चापाकोट नगरपालिकाकास्थित सुन्तलीटारमा औपचारिक कार्यक्रम गर्ने बताइएको छ ।

सो अवसरमा कालीगण्डकी उपत्यकाको विकासका लागि कार्यपत्र प्रस्तुत गर्दै सरोकारवालासँग छलफलको कार्यक्रम राखिएको छ ।

महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । महोत्सव अवधिभर कुल डेढ करोड रुपैयाँको कारोबार हुने श्रेष्ठकोअनुमान छ ।


  •  
  •  
  •