नेयमार तयार

436
  •  
  •  
  •  

काठमाडौं, १९ असार (एजेन्सी) । ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्लोलारी कोलम्बियाविरुद्धको क्वाटरफाइनल खेलका लागि स्टार स्ट्राइकर नेयमार फिट भएको बताए । शनिबार विहान १ ः४५ मा हुने क्वार्टरफाइनलमा घरेलु टोलीले सर्वाधिक गोलकर्ता जेम्स रोड्रीगुइजको प्रेरणमा रहेको कोलम्बियाको सामना गर्दै छ ।

तर, ब्राजिलियन टोलीको अभ्यासका क्रममा भने नेयमार फिट भएको देखिएन, जुन घरेलु टोलीका लागि सबैभन्दा चिन्ताको विषय हो । उनको आफ्नो दायाा घुँडामा व्यान्डेज लगाइएको थियो । प्रशिक्षणमा बसेका उनले अभ्यास भने गरेनन् । यद्यपि मार्लेलासहित टोलीका सदस्यसँग नेयमार ठट्टा गर्दै साइकल चलाइरहेको थिए । यसअघि ब्राजिलका फुटबल अधिकारीले नेयमारले चोटका कारण केही अभ्यास गुमाउने बताएका थिए ।

तर, टोलीका डाक्टरले भने नेयमार कोलम्बियाविरुद्धको खेलमा फिट हुनेमा शंका नगर्न भन्दै तयार हुने जनाए । चिलीविरुद्धको खेलका क्रममा उनको घु“डामा चोट लागेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा टाइब्रेकरमा जित हात पार्दै घरेलु टोली अन्तिम आठमा पुगेको हो ।


  •  
  •  
  •