ऊर्जामन्त्री ज्ञावलीलाई महाधिवेशन स्थलमा प्रवेश गर्न रोक !

386
  •  
  •  
  •  

काठमाडौं, १९ असार (ओएनएस) । एमाले केन्द्रीय सदस्य तथा उर्जामन्त्री राधा ज्ञावली राजधानीको भृकुटीमण्डमा आज सुरु हुन लागेको पार्टीको महाधिवेशनस्थलमा प्रवेश गर्न पाइनन् ।

महाधिवेशनस्थलमा प्रवेशका लागि आवश्यक परिचयपत्र नभएका कारण राष्ट्रिय भण्डासहितको रंगीन नम्बर प्लेटको गाडी चढेर भृकुटीमण्डप पुगेकी ज्ञावलीलाई गेटमा बसेका स्वयम सेवकले परिचय पत्र मागेका थिए । उनीसँग परिचय पत्र नभएपछि स्वयम सेवकले भित्र प्रवेश गर्न दिएनन् । उनले आफूमन्त्री र केन्द्रीय सदस्य भएको बताउँदा पनि स्वयम सेवकले भने उनको कुरा सुनेनन् ।


  •  
  •  
  •