काठमाडौँ, १४ असोज(ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले उर्जा मन्त्री राधा ज्ञवालीलाई बर्खास्त गरेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई मन्त्रीहरू उर्जा मन्त्री राधा ज्ञवाली र युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेललाई अनुचित कार्य गरेको भन्दै पदबाट हटाउन सिफारिस गरेको थियो ।
युवा तथा खेलकुद मन्त्री पौडेलले आज प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका थिए भने उर्जा मन्त्री ज्ञवालीले राजीनामा पत्र बुझाउन अस्विकार गरेको स्रोतको दावी छ । स्रोतका अनुसार राजीनामा दिन अस्विकार गरेपछि प्रधानमन्त्री कोइरालाले मन्त्री ज्ञवालीलाई बर्खास्त गरेका हुन् ।
सम्भवतः शुक्रबार राजीनामा दिने प्रधानमन्त्री कोइरालाले आज एक मन्त्रीलाई बर्खास्त गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै मन्त्री एमालेका हुन् । मन्त्री ज्ञवाली अध्यक्ष केपी ओली पक्षकी र मन्त्री पौडेल माधव कुमार नेपाल पक्षका हुन् ।