सर्वोच्चद्वारा ज्ञवालीलाई उर्जामन्त्रीबाट हटाइएकोमा कारण देखाउ आदेश

250
  •  
  •  
  •  

radha gyawaliकाठमाडौँ, १७ असोज(ओएनएस) : सर्वोच्च अदालतले राधा ज्ञवालीलाई उर्जामन्त्री पदबाट बर्खास्त गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । गत बिहिबार नेतृ ज्ञवालीले दायर गरेको रिटमा सर्वोच्चले उक्त कारण देखाउ आदेश जारी गरेको हो ।

आइतबार न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले उक्त निर्णयमा कारण देखाउ आदेश जारी गरेको सर्बोच्च अदालतले जनाएको छ ।

सरकारले मन्त्री पदको दुरूपयोग गरेको भन्दै ज्ञवालीलाई उर्जा मन्त्रीको पदबाट बर्खास्त गरेको थियो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीलाई हटाउन सरकारलाई सिफारिस गरेको थियो ।


  •  
  •  
  •