रवि लामिछानेको श्रीमती निकिताको जाहेरी प्रहरीले लिएन

270
  •  
  •  
  •  

काठमाडौं । पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले लिन अस्वीकार गरेको छ ।

तस्बिरः रस्ना ढकालको फेसबुकबाट

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै  जनआस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठलगायत तीन जनाविरुद्ध उजुरी दर्ता गराउन उनी परिसर पुगेकी थिइन् ।
तर पौडेललाई प्रहरीले क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको छ ।

रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिंहसँग आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरीक्षक अशोक सिंहले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए ।

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकता जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्न गएकी छिन् ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ । उनीहरुलाई मंगलबार जिल्ला अदालतबाट पुनः पाँच दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेका छ ।


  •  
  •  
  •