काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
एसपी मल्लले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताए ।
यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएको थियो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।
गत आइतबार मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछानेसहित पक्राउ परेका कँडेल र नर्स कार्कीविरुद्ध जाहेरी दिइसकेकी छन् ।
यो पनि हेर्नुहोस्
पत्रकार रवि लामिछानेसहित तीन प्रहरी नियन्त्रणमा
पत्रकार रवि लामिछानेसहित तीनैलाई अदालतमा पेश गरिँदै
रवि लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत लगियो
जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा,५ प्रहरी घाइते
रवि लामिछानेसहित तीन जनाविरुद्ध किटानी जाहेरी