पत्रकार लामिछानेसहित तीनै जनालाई पाँच दिनको म्याद थप

252
  •  
  •  
  •  

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले शुक्रबार म्याद थपका लागि तीनै जनालाई अदालत लगेको थियो । जिल्ला अदालत चितवनले बिहीबारको मितिबाट लागू हुने गरी ५ दिनको म्याद थप गरेको हो ।

पत्रकार शालिकराज पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर बिहीबार साँझ नियन्त्रणमा लिएको थियो ।


  •  
  •  
  •