रवि लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत लगियो

236
  •  
  •  
  •  

चितवन । न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिने जनाइएको छ ।

तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएको थियो ।

यसैबीच रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।


  •  
  •  
  •