पत्रकार रवि लामिछानेसहित तीनैलाई अदालतमा पेश गरिँदै

38
  •  
  •  
  •  

चितवन । पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले आज अदालतमा पेश गर्ने भएको छ ।  पत्रकार शालिकराज पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा बिहीबार साँझ उनीहरु पक्राउ गरेका थिए ।

फौजदारी अभियोगमा पक्राउ परिसकेपछि चौबिस घण्टाभित्र अदालतको म्याद लिएर न्यायिक हिरासतमा राख्नुपर्ने कानूनी ब्यवस्था अनुसार प्रहरीले चितवन जिल्ला अदालतमा पेश गर्ने भएको हो ।

विद्यमान कानूनअनुसार प्रहरीले पक्राउ परेका तीनैजनालाई पच्चिस दिनसम्मको न्यायिक हिरासतमा राखी मुद्दा अघि बढाउन सक्नेछ । काठमाडौंवाट पक्राउ परेका लामिछानेसहित युवराज कडेंल र रुकु भनिने अस्मिता कार्कीलाई बिहीबार रातिदेखि नै चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको छ ।

राती एक बजेतिर चितवन पुर्याइएका तीनै जनाको गएराति नै स्वास्थ्य परीक्षण समेत गरिएको छ ।
पक्राउ परेका तीनैजनालाई कडा सुरक्षा निगरानीमा राखिएको छ । उनीहरुको दृश्य खिच्न समेत सञ्चारकर्मीलाई रोक लगाइएको छ ।

पक्राउ परेपछि रवि लामिछानेका परिवार आज बिहान चितवन पुगेका छन् । प्रहरीले तीनैजना बिरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गरेको अभियोगमा कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

यसैबीच रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।

चितवन बाट Live

Rj bhandari Raaz यांनी वर पोस्ट केले गुरुवार, १५ ऑगस्ट, २०१९


  •  
  •  
  •