निष्कर्ष फिर्ता नलिए ईयूकाे नियत माथि प्रश्न उठन सक्छ : एमाले सचिव भट्टराई

346
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : नेकपा एमालेका सचिव योगेश भट्टराईले समेत युरोपियन युनियन इयूले सर्वाजनिक गरेकाे चुनावी प्रतिवेदनमाथि आक्रोश पोख्दै निष्कर्ष फिर्ता लिने चेतावनी दिएका छन‍्। समाजिक संजाल ट्वीटर मार्फत उनले इयूकाे प्रतिवेदनमाथि टिप्पणी गरेका हुन्।

भट्टराईले  ट्वीटरमा भनेका छन्, ‘खस–आर्यका सम्बन्धमा युरोपीयन युनियनको टिप्पणी दुर्भाग्यपूर्ण छ । यसले नेपाली समाजमा बन्दै गरेको जातिय एकता र साम्प्रदायिक सदभाबमा गम्भीर असर पर्न सक्छ । स्वयम ईयुको नियतमाथि समेत प्रश्न उठ्न सक्छ । यो निष्कर्षलाई फिर्ता लिनु नै बेस हुन्छ ।’

इयूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ को पर्यवेक्षण प्रतिवेदन निर्वाचन आयोगसमक्ष पेश गर्ने क्रममा विवादित प्रसंग उठाएर नेपालीबीच हिंसा भड्काउन खोजेको आरोप समेत लगाइएको छ ।

इयूका निर्वाचन पर्यवेक्षण मिसन प्रमुख जेलजाना जोभ्कोले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसमक्ष मंगलबार निर्वाचन पर्यवेक्षण प्रतिवेदन पेश गरेकी थिइन् ।

१० बुँदे सुझावमा युनियनले ‘समावेश गरिएका समूहबाट खस आर्यलाई हटाउने, ’नकारात्मक विभेद भोगेका समूहलाई मात्र सकारात्मक कार्यसम्बन्धी उपायहरु लागू हुने सुनिश्चित गर्न सुझाव दिएको छ ।

 


  •  
  •  
  •