प्रश्नपत्र आउट प्रकरणमा संलग्न व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता

376
  •  
  •  
  •  

MBBS 3काठमाडौ, २१ मंसिर । एमबीबीएसको लागि शिक्षामन्त्रालयले प्रदान छात्रवृत्ति परिक्षाको प्रश्नपत्रबाहिरिएको विषयमा जानकार र सरोकारवालाहरुले उक्त कार्यमा संलग्न रहेका व्यक्तिलाई कारबाही गरिनुपर्ने र यस्ता घटनाहरु दाहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले हिजोको घट्नाले परिक्षा सञ्चालनमा प्रश्न खडा भएकोले पुनः परिक्षा हुने बताउँदै जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे । उनले भने, “अब शक्तिको सोर्स फोर्सका आधारमा एमबीबीएस छात्रवृद्धि दिँईदैन, जेहेन्दार र प्रतिभाशाली विद्यार्थीहरुले मात्र पाउँछन् । पैसा ख्वाएर नाम निकाल्न सकिन्छ भन्ने दिवा सपना अब कसैले नदेखे हुन्छ ।’’

साक्षात्कारमा उनले यो घटना पनि परिक्षा केन्द्र र प्रणालीलाई कसरी शुद्ध बनाउने भन्ने विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताए । उनले आफूहरू सरकारी कर्मचारी मात्रै राखेर भएपनि परिक्षा प्रणालीलाई सुधार गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सचिव पण्डितले घटनामा संलग्न गार्डहरूलाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अबको परिक्षा गोल्डेन गेट कलेजमा नहुने समेत स्पष्ट पारे ।

शिक्षाविद डा. विद्याधर कोइरालाले आर्थिक प्रलोभनमा परि प्रश्नपत्र बाहिर्याउनु महागल्ती भएको र विद्यार्थीले पनि १० लाख तिर्नु गल्ति भएको तर्क गरेका गर्दै परिक्षा प्रणालीलाई सुधार गर्न नयाँ विकल्प खोज्नुपर्ने धारणा राखेका छन् ।

हिसानका महासचिव यूवराज शर्माले परिक्षा सञ्चालनमा विकृति ब्यापक फैलिएकोले यसलाई सुधार गरेर अघि बढ्ने क्रममा आर्थिक प्रलोभनमा पर्ने ब्यक्तिहरुमाथि कारवाही आवश्यक रहेको तर्क गर्दै संस्थामाथि कारबाही गर्न नहुने बताए । उनले अब परिक्षा प्रणालीलाई आधुनिक कम्प्यूटराईज प्रविधिमा लान समेत सुझाव दिए ।

प्याब्सनका महासचिव डि.के. ढुङ्गानाले नहुने घटना घटेकोले भावीदिनमा यस्ता घटना घटन नदिन सरकारले नियन्त्रणको पहलकदमी अहिले नै लिनुपर्ने भन्दै घटनामा ब्यक्तिको हात रहेकोले संस्थामाथिको कारबाहीको कुरा हुनै नसक्ने बताए । उनले भने, “सस्था परिक्षा स्थलमात्रै हो । यसमा संस्थाको कुनै संलग्नता हुँदैन ।”

हिसानका सचिव बुद्धिप्रसाद पुडासैनीले अब सरोकारवालाहरुको सहकार्य र प्रयासमा यसलाई दोहोरिन दिन नहुने धारणा राख्दै यस्ता घटनामा संलग्नलाई कारवाही हुनु पर्ने जिकिर गरे । उनले भने, “सस्था निर्जिव भएकोले उसको दोष हुँदैन ।” 


  •  
  •  
  •