कतार एयरवेजको ‘सेल एण्ड विन’ अफर

190
  •  
  •  
  •  

काठमाडौं, ७ साउन (ओएनएस) : कतारको राष्ट्रिय ध्वजावहाक एयरलाइन्स कतार एयरवेजले ट्रेड पार्टनरहरुका लागि ‘सेल एण्ड विन’ योजना ल्याएको छ ।
योजना अन्तर्गत कतार एयरवेजको कुनै पनि गन्तव्यमा तोकिएको परिमाणमा टिकट बिक्री गर्नेहरु यस योजनामा सहभागी हुन सक्नेछन् । एयरवेजले योजनामा सहभागी एजेन्टहरुबाट लक्की ड्र गरेर बिजेता चयन गर्ने जानकारी दिएको छ ।

सवैभन्दा बढी टिकट विक्री गर्ने टे«ड पार्टनरहरुको लक्की ड्र गरी यामाहा मोटरसाइकल, सामसुङ मोबाइल र बिङ ह्युमन गिफ्ट जित्न सक्छन् ।
सबैभन्दा बढी टिकट बिक्री गर्नेहरुबाट एक जनाले बजाज ‘२०० एनएस पल्सर’ मोटरसाइकल, २ जनाले सामसुङ ‘ग्यालेक्सी ग्रान्ड निओ’ मोबाइल र ३ जनाले ५ हजार रुपैयाँको बिङ ह्युमन गिफ्ट भौचर प्राप्त गर्न सक्ने बताइएको छ ।

पहिलो पुरस्कार पल्सर मोटरसाइकलका लागि ५० वटा टिकट बिक्री गर्नेहरुले लक्की ड्रमा सहभागी हुन पाउनेछन् । त्यस्तै दोस्रो तथा तेस्रो पुरस्कारका लागि ३० र १० ओटा टिकट विक्री गर्ने एजेण्टलाई सहभागि गराइने कम्पनीले जानकारी दिएको छ ।

योजना सेप्टेम्बर ३१ तारिखसम्म लागु हुनेछ । योजनामा सहभागीता जनाउन यस अवधिमा माथि उल्लेख गरिएको परिमाणमा टिकट बिक्री गरेकै हुनुपर्छ । एयरवेजले अक्टोबरमा विजेताहरु घोषणा गर्ने जनाएको छ ।


  •  
  •  
  •