आइएलओको प्रतिवेदनः कतारमा गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली

76
  •  
  •  
  •  

काठमाडौं । कतारमा वैदेशिक रोजगारीमा पुगेर गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली नेपाली रहेको पाइएको छ ।
कतारस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले शुक्रबार प्रकाशित गरेको कतारको व्यवसायजन्य चोटपटकसम्बन्धी तथ्यांक र विश्लेषणसम्बन्धी प्रतिवेदनअनुसार सो तथ्य पाइएको हो ।
तथ्यांकमध्ये सबैभन्दा बढी बंगलादेशी २६.५ प्रतिशत र दोस्रोमा भारतीय १९.६ प्रतिशत रहेका छन् । सन् २०२० मा ५ सय ६ जना गम्भीर घाइते भएका थिए । आइएलओले कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय, सार्वजनिक स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी तथ्यांक र विश्लेषण सार्वजनिक गरेको हो ।

कतारले व्यवसायजन्य चोटपटकको एकीकृत तथ्यांक तयार पारेको छ । जसअनुसार २०२० मा ३७ हजार ६ सय १ जना श्रमिकलाई मध्यमखालको चोटपटक लागेको थियो । जसमा नेपाली श्रमिक ७ हजार ८ सय ९६ जना (२१.३ प्रतिशत) घाइते भएका थिए । यसरी घाइते हुने २५ देखि ३४ वर्षभित्रका ४४.५ प्रतिशत छन् ।


  •  
  •  
  •