कतारमा रहेका आप्रवासीले व्यक्तिगत विवरण सरकारलाई बुझाउनुपर्ने

896
  •  
  •  
  •  

काठमाडौं । कतारमा कार्यरत आप्रवासी कामदारहरुले आफ्नो आवाससहित सम्पूर्ण व्यक्तिगत विवरण सरकारलाई बुझाउनुपर्ने भएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबलको आयोजक कतारले राष्ट्रिय ठेगाना सम्बन्धि सन् २०१७ को कानून नम्बर २४ लाई कार्यान्वयनमा ल्याउन लागेको कतारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

नेपालीसहित अन्य आप्रवासीहरुले कतारमा रहेको सम्पूर्ण आप्रवासीहरुले आफु बसोबास गर्दै आएको ठेगाना, मोबाईल नम्बर, फोन नम्बर, रोजगारदाताको ठेगाना तथा सम्पर्क नम्बर, ईमेल र आाफ्नो देशको स्थायी ठेगाना स्थानीय प्रशासनमा दर्ता गराउनुपर्ने छ ।

कतारमा बस्ने नाबालाक आप्रवासीले समेत त्यस्तो जानकारी सरकारलाई दिनुपर्ने बताइएको छ । उनीहरुले आफ्ना अविभावक मार्फत विवरण पठाउनुपर्ने छ । विवरण दिने प्रकृया भने सजिलो पारिएको भन्दै त्यहाँको आन्तरिक मामिला मन्त्रालयले आफ्नो मोबाईल मार्फत पनि विवरण पठाउन सकिने बताएको छ ।


  •  
  •  
  •