कतारमा २१ नेपालीलाई आममाफी

288
  •  
  •  
  •  

काठमाडौं । कतारमा जेल जीवन बिताई रहेका २१ जना नेपालीले आम माफी पाएका छन् । इस्लाम धर्मावलाम्बीहरुको पवित्र महिना रमदान पर्वको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका कैदी,बन्दीहरूलाई कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीद्वारा आममाफी दिइएको कतारस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति मार्फत जनाएको छ ।

आममाफी पाउनेहरूमा यौनजन्य क्रियाकलापमा संलग्न ३, चोरीजन्य क्रियाकलापमा संलग्न ११, मादक पदार्थ बिक्रिवितरणमा संलग्न २ र आर्थिक हिनामिनामा संलग्न ५ जना कसुरदार ठहरी सजाय भोगी रहेका हुन् ।

आममाफी पाएका नेपाली नागरिकहरूको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण भैरहेको दूतावासले जनाएको छ ।


  •  
  •  
  •