कतार जाँदा सुर्तीजन्य पदार्थ लैजान नपाइने

59
  •  
  •  
  •  


काठमाडौं । अबदेखि कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् ।
कतार सरकारले कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको नेपालस्थित कतारी दूतावासले जनाएको छ ।
यस्तै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।


  •  
  •  
  •