कतारमा दुई नेपालीले पाए सम्मान स्वरुप जनही १५ हजार रियाल

128
  •  
  •  
  •  

काठमाडौं । कतारमा एक कम्पनीले दुई नेपाली श्रमिकलाई जनही २५ हजार रियालसहित सम्मान गरेको छ । आइओएस प्रमाणित कम्पनी कतारको नासर अल अली इन्टरप्राइजेजले आफ्ना दुई नेपाली कामदारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नजामुद्दिन कवारी र देवप्रसाद राई रहेका छन् । उनीहरुलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरेवापत् जनही १५ हजार कतारी रियाल सहित सम्मान गरेको हो ।

नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमकाबीच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए । सन् २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् ।


  •  
  •  
  •