दोहाबाट बुधबार १ सय ४८ जना नेपाली स्वदेश फर्किए

408
  •  
  •  
  •  

काठमाडौं । कतारको दोहाबाट बुधबार १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका रहेका नेपालीहरु स्वदेश फर्किएका कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनीहरु दोहाबाट काठमाडौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४८ (३ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्किएको राजदूतावासले जनाएको छ । साथै, यसैबीच कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल ल्याइएको छ ।


  •  
  •  
  •