दोहाबाट आज १ सय ४५ नेपाली स्वदेश फर्किए

344
  •  
  •  
  •  

काठमाडौं । कतारको दोहाबाट सोमबार १ सय ४५ जना नेपालीहरु स्वदेश फर्किएका छन् । कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा उनीहरुलाई दोस्रो उडानमार्फत स्वदेश फर्काएको हो ।

 हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।

यस्तै आज कुवेत, बंगलादेश, माल्दिभ्स र अस्ट्रेलिया र साउदीको जेद्दाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन् ।


  •  
  •  
  •