कतारबाट अर्को उडान जुलाई १७,१८ र २० तारिक

302
  •  
  •  
  •  

काठमाडौं । कतारबाट नेपाल फर्कने अर्को उडान जुलाई १७,१८ र २० तारिकका लागि तय भएको कतारस्थित नेपाली दूतावासले बताएको छ।

नेपाल एयरलाइन्स र हिमालय एयर्लाइन्सबाट हुने जम्मा ६ वटा उडानमा सम्भावित यात्रुुहरुको सुची पनि दूतावासले प्रकाशित गरेको छ । जारी नयाँ यात्रुहरुको सुची स्वीकृतिको लागि कतारको गृह मन्त्रालयमा पठाइसकेको र स्वीकृति पाएकाहरुले मात्र यात्रा गर्न पाउने दूतावासले बताएको छ ।

पछिल्लो उडानका लागि नाम आएका तर विभिन्न कारणले टिकट काट्न नपाएकाहरुले समेत यस उडानहरु बाट नेपाल जान पाउने दूतावासले जनाएको छ ।\

१७,१८ र २० तारिकका लागि नेपाल एयरलाइन्स मार्फत सम्भावित यात्रुहरुको सूची हेर्न यहाँ थिच्नुहोस ।

नेपाल एयरलाइन्सको टिकटको लागि कहाँ सम्पर्क गर्ने ?

Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeezऽ Mob +974 70665648
Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com

हिमालय एयरलाइन्स्को टिकटको लागि कहाँ सम्पर्क गर्ने ?

Cleopatra Travels, Doha,
(D-Ring Road
Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: 33486465 Tel+974 44435333
Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

एह्तेराज एप अनिवार्य

नेपाल जानको लागि पिसिआर नतिजाको सर्टिफिकेट नचाहिने तर एह्तेराज एपमा हरियो कोड भने अनिवार्य रहेको दूतावासले जनाएको छ ।


  •  
  •  
  •